You are viewing the translated version of शिक्षा तथा सचेतनाको व्यवस्था मिलाउनु पर्ने.

Section 12
शिक्षा तथा सचेतनाको व्यवस्था मिलाउनु पर्ने
(१) सामाजिक सञ्जाल व्यवस्थापन इकाइ तथा सम्बद्ध निकायले सामाजिक सञ्जाल प्रयोगकर्ताको हित र सुरक्षाको लागि देहायका कुनै वा सबै माध्यमबाट शिक्षा तथा सचेतनाको व्यवस्था मिलाउनु पर्नेछः-
(क) प्रकाशन “तथा प्रसारण सामग्री,
(ख) वेबसाइट,
(ग) गोष्ठी, कार्यशाला,
(घ) लोककल्याणकारी विज्ञापन,
(ङ) संवाद कार्यक्रम,
(२) उपदफा (१) बमोजिम सञ्चालन हुने शिक्षा तथा सचेतनाका सम्बन्धमा मन्त्रालयले प्रदेश र स्थानीय तहसँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न सक्नेछ।